कांग्रेस सभापतिका लागि पाँच नेताबीच प्रतिस्पर्धा

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिका लागि पाँच नेताबीच प्रतिस्पर्धा हुने भएको छ । जारी महाधिवेशन अन्तर्गत सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा हुने भएको हो ।

सबै उम्मेदवारले शनिबार दिउँसो उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् । सभापति देउवाको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बन्नेछन् ।

यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् । त्यस्तै सभापतिका लागि नेता प्रकाशमान सिंहले र सुजाता कोइरालाले उपसभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै सभापति पदका लागि कल्याण गुरुङले पनि उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी डा. शेखर कोइरालाले पनि सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । कोइरालाको प्यानलबाट उपसभापति पदका लागि धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन् । यस्तै महामन्त्रीमा गगन थापा र डा. मीनेन्द्र रिजालको उम्मेदवारी परेको छ ।

त्यस्तै सभापति पदमा उपसभापति विमलेन्द्र निधिले पनि उम्मेदवारी दर्ता गराएका छन् । अरुले टिम बनाएपनि निधिले भने आफ्नो टीम बनाएका छैनन् ।

प्रतिक्रिया