'यसकारण प्रतिस्पर्धाको मैदान छाडनुपर्ने अवस्थामा म पुगें'

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा आफू प्रतिस्पर्धामा नरहने घोषणा गरेका छन् । शनिबार विज्ञप्ति जारी गरी पौडेलले आफू प्रतिष्पर्धामा नरहे तर राजनीतिमा भने सक्रिय नै रहने बताएका छन् ।

मनोनयनका क्रममा संस्थापनइतरबाट सर्वसम्मत सभापति उम्मेदवार हुने प्रयासमा विभिन्न चरणमा छलफल गरे पनि एउटै समूहका अरु आकांक्षीको साथ नपाए पछि पौडेलले उम्मेदवारी नदिने घोषणा गरेका हुन् । सभापतिका लागि प्रकाशमान सिंहले अडान लिएपछि अन्ततः पौडेल चुनावी दौडबाट बाहिरिएका हुन् । पौडेल समूहमा उम्मेदवारका विषयमा कुरा नमिलेपछि नेता सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रिया