‘मेरा छोरीमाथिको आरोप व्यवस्था विरोधी चलखेल’

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना छोरीहरुको आलोचनालाई व्यवस्थामाथिकै हमला भएको अर्थ लगाएका छन्। 

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले छोरीमाथि आरोप लगाएर उचाल्ने, पछार्ने र आक्रमण हुने गरेको भन्दै त्यो व्यवस्था विरुद्धकै हमला भएको दाबी गरे। 

प्रधानमन्त्रीले भने, “मेरो परिवारमा सदस्य घट्दै गएर अब तीन जनामात्र बाँकी छौं। एउटी छोरी रेणु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयर, उ उतै बढी इन्गेज छ। अर्कीे छोरी मेरो सचिवालयमा काम गरिरहेकी छ। बिचरा त्यो कस्ती छ, तपाईंहरुले थाहा पाउनुभएकै छ। उसलाई जोडेर बनाएको छ, कहिले उचालेको छ भन्दा म के ठान्छु भने यो संविधान, सिस्टम, गणतन्त्र र लोकतन्त्रका विरुद्धको हमला हो। यसमा म एकदम क्लियर छु।”

“प्रचण्डलाई हमला गरेर नराम्रोसँग बेइज्जत नगरेसम्म यो व्यवस्था उल्टीदैन भनेर एकथरि मेरा विरुद्ध लागिपरेका छन्। केलाई चलाएर के भने जस्तो, मैले किन चलाउनु ? मलाई थाहा छ, चुप लागेको हो। यहाँ समितिमा प्रश्न उठेकोलेमात्रै जवाफ दिएको हो। बेलायतमा कम्पनी खडा गर्ने भनिएकोलाई पनि म राम्रोसँग चिन्छु।” (नेपाल न्यूज बैंक) 

प्रतिक्रिया