केही समुह समाजमा नकारात्मक भावना फैलाउने खेलमा छन्: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, केही समुह समाजमा नकरात्मक भावना जगाउने खेलमा लागेको आरोप लगाएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले, सरकारले केही महत्वपूर्ण कामको गरिरहेको भएपनि समाजमा त्यसविरुद्ध प्रचारबाजी गर्ने र समाजमा नकरात्मक भावना पैदा गर्ने काम भइरहेको जिकिर गरे। 

“समाजमा हरेक कुरामा नकारात्मकता र नकारात्मक सोच बनाउने जुन प्रयास एकथरि मान्छेहरुले गरेका छन् त्यसबाट देशले कहिले प्रगती गर्दैन्। त्यो ओरालो यात्रा मात्रै हुनेछ। आशा उत्पन्न गर्नु आजको एउटा चुनौती पूर्ण दायित्व पनि भएको महशुस गरेको छु।” उनले भने, “आशाविना कुनै पनि राष्ट्रले विकास गर्न सक्दैन्। हामीसँग भएका सकारात्मक सम्भावना हेरेर आशा जगाउने तर्फ सबै लाग्ने हो भने नेपाल धेरै सम्भावना छ।” 

त्यस्तै उनले व्यवसायीक जिम्मेवारीबाट माथि उठेर काम गर्न लगानीकर्तालाई आग्रह गरे। “नेपालभित्र भएका व्यवसायीहरुले एउटा जिम्मेवार व्यवसायको मात्रै कुरा नगरेर यो जिम्मेवारीबोध व्यवसाय, राजनीतिक, सामाजिक, सांस्कृतिकलगायत हरेक क्षेत्रमा जिम्मेवारीबोधको अनुभूती गराउँनु आजको निकै ठूलो आवश्यकता बन्न गएको छ।”
 

प्रतिक्रिया