केएमसीको सूर्यविनायकमा निःशुल्क स्वास्थ्य शिविर, सेवा लिने ६११ जना

काठमाडौँ। भक्तपुरको सूर्यविनायाकमा काठमाडौँ मेडिकल कलेज (केएमसी) ले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। 

उक्त शिविरमा ६११ जना बिरामीले लाभ लिएका थिए। शिविर सूर्यविनायक वडा नं ८ को वडाकार्यालयमा निःशुल्क गरिएको थियो। जसमा १०४ जनाले ल्याब, ८९ जनाले भिडियो एक्सरे, ७९ जनाले ईसीजी, र ७ जनाले दाँत खोलेका थिए। त्यस्तै बिरामीमध्ये २२ जनालाई ओटी रेफर गरिएको केएमसीका प्रबन्धक नारायण दाहालले जनाएका छन्। 

केएमसीलाई अत्याधुनिक प्रविधियुक्त बनाउने जस तत्कालिन कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य डाक्टर सुनिलकुमार शर्मालाई जान्छ। डा. सुनील शर्माले सम्हालेपछि केएमसीले निरन्तर सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ।  

प्रतिक्रिया