कांग्रेसमा सभापति र पदाधिकारी उम्मेदवारको अझै टुंगो लागेन

 

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उदघाटन सुरु भइसकेको छ, तर सभापति र पदाधिकारीका उम्मेदवारहरुको स्पष्ट तस्वीर भने सभापति शेरबहादुर देउवा र उनको इतर दुबै खेमाबाट अहिलेसम्म स्पष्ट भइसकेको छैन । 

सभापति शेरबहादुर देउवा पक्षबाट उनी नै सभापतिका निर्विकल्प उम्मेदवार हुन् । तर, पदाधिकारीमा उनको प्यानलबाट को को हुने भन्ने अझै खुलेको छैन । देउवा इतर रामचन्द्र पौडेलको समूहमा प्रकाशमाना सिंह र डा. शेखर कोइराला दुबै टसको मस भएका छैनन् । 

प्रकाशमान र डा.शेखरको अडानबाट निराश भएका नेता रामचन्द्र पौडेलले सहमतिका लागि हुने गरेका वैठकमा सहभागि हुन छाडेका छन् भने राजनीतिबाटै विश्राम लिनेसम्मका ‘घुर्की’ लगाइरहेका छन् । पार्टीको केन्द्रीय समितिमा समेत सहभागि नभएका पौडेल कतै महाधिवेशनको उदघाटन शत्रमा समेत नआउने हो कि भन्ने कांग्रेसजनको चिन्ता भने हटेको छ । उनी उदघाटन शत्रमा सहभागि हुने भएका छन् । 

शुक्रवार साँझ पाँच बजेसम्म यो पक्षले साझा उम्मेदवार चयन गर्ने हल्ला भने चलीरहेकै छ । 

कांग्रेसभित्र तेस्रो धारका मानिने कृष्णप्रसाद सिटौलाले सभापतिमा उम्मेदवारी दिने÷नदिने अनिश्चित नै छ । सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका विमलेन्द्र निधिको प्यानल पनि अहिलेसम्म खुलेको छैन ।  

सभापतिमा टुंगो नलाग्दा महामन्त्री, सहमहामन्त्रीलगायतका पदाधिकारीमा पनि अन्यौल छ । 


 

प्रतिक्रिया