केएमसीको गौकुण्डमा निःशुल्क स्वास्थ्य शिविर

रसुवा। रसुवाको गौकुण्ड गाउँपालिकामा काठमाडौँ मेडिकल कलेज (केएमसी) ले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। 

वाइपेन यूएन प्रोजेक्ट नेपालसँगको सहकार्यमा गौकुण्ड गाउँपालिका ३ को गौतमबुद्ध माविमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ७५३ जनाको स्वास्थ्य जाँच गरिएको केएमसीका प्रबन्धक नारायण दाहालले जानकारी दिए। 

शिविरमा १०१ जनाको ईसीजी, १२७ जनाको अल्ट्रा साउन्ड, १२२ जनाको ल्याब परीक्षण गरिएको थियो भने १३ जनाको दाँत खोलिएको र ४४ जनालाई थप उपचारका लागि सिफारिस गरिएको जानकारी दिए।

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले केएमसी सम्हालेपछि अस्पतालले निरन्तर सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँगाउँमा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ।

प्रतिक्रिया