प्रेम रावतले बनाए एउटै सम्बोधनमा सबैभन्दा ठूलो उपस्थिति सहितको नयाँ गिनिज विश्व रेकर्ड

 प्रेम रावतले ‘जीवनको मूल्य सम्बन्धी बुझाइ– आफुले आफैंलाई चिन्नु’ भन्ने विषयमा मानिसहरूलाई सम्बोधन गर्नुभयो । यस कार्यक्रममा उहाँले ३ लाख ७५ हजार भन्दा धेरै दर्शकका साथमा ‘एकै स्थानमा एउटै सम्बोधनमा सबैभन्दा बढी सहभागिता’ का लागि एउटा नयाँ विश्व रेकर्ड स्थापित गर्नुभयो ।

प्रेम रावत बोधगयाको औरा गाउँस्थित अन्नपूर्णा राइस मिल नजिकै राजविद्या केन्द्रद्वारा आयोजित विश्वको सबैभन्दा ठूलो उपस्थितिको सभामा मानसिहरूलाई सम्बोधनका लागि भारतको गया पुग्नुभएको थियो । यो उहाँको एक घण्टाभन्दा पनि बढी समयको सम्बोधन थियो । 

यो व्याख्यानमा भाग लिने गण्यमान्य व्यक्तिहरू, बुद्धिजीवी वर्ग, सञ्चारकर्मी, विद्यार्थीका साथै जीवनमा सबै क्षेत्रसँग जोडिएका मानिसहरू मङ्सिर १० गते बिहानैदेखि कार्यक्रमको सहभागिताका लागि भेला हुन सुरु गरिसकेका थिए । प्रेम रावतको रेकर्डलाई गिनिज विश्व रेकर्डका निर्णायक श्री स्वप्निल डङ्गरिकर तथा प्रवीण पटेल र विषयवस्तु विशेषज्ञको उपस्थितिमा मञ्चबाट स्वीकार गरिएको थियो । गिनिज विश्व रेकर्ड टिमले यसलाई “एउटै सम्बोधनमा सबैभन्दा बढी उपस्थिति” को रेकर्डका रूपमा दर्ता ग¥यो । यसबाट आधिकारिक रूपमा भारतको बिहारस्थित गया सहरमा ३ लाख ७५ हजार भन्दा धेरै मानिसहरूले सुनेको एउटा नयाँ विश्व कीर्तिमान स्थापित भएको हो । 

उहाँले आफ्नो सम्बोधनका क्रममा ‘आज हामी बाँचिरहेको यो संसारमा आपूmले आपूmलाई चिन्नुको महत्व’ का बारेमा प्रकाश पार्नुभयो । अन्य कुनै चीजभन्दा पनि आपूmले आफुलाई चिन्नुको महत्व बढी भएको कुरा बताउँदै उहाँले भन्नुभयो, “आफुले आफैंलाई चिन्नुहोस् ।”

सम्बोधनका क्रममा उहाँले भन्नुभयो, “अज्ञानताले भ्रम उत्पन्न गर्छ तर ज्ञानले सन्तोष र सन्तुष्टिको भावनालाई जागृत तुल्याउँछ । स्वयम् आपूmलाई चिन्नुको एउटा अर्को प्रमुख उद्देश्य के हो भने जीवनमा हामीले आपूmलाई मात्र नियन्त्रण गर्न सक्छौँ र यसले नै हाम्रो जीवनमा आफ्नो खुसी र शान्ति निर्धारण गर्दछ । यसर्थ आपूmले आपूmलाई चिनेपश्चात् हामी यस जीवनयात्रामा ड्राइभरको सिटमा आसीन हुन पुग्छौँ ।” 

प्रेम रावतले फेरि भन्नुभयो, “हामीले ईश्वरलाई विश्वास गर्छौँ या गर्दैनौँ भन्ने कुराले केही पनि फरक पर्दैन । हरेक विचार, अवधारणा अनि विश्वासभन्दा पर हामीसँग यो जीवन छ । देख्न सकिने यो ब्रह्माण्डलाई हामी देख्छौँ र यो सृष्टि स्पष्ट छ । प्रकृतिमा एउटै शक्तिले सबैथोक बनाए अनि सोही शक्तिले यो सृष्टिलाई सञ्चालन गरिरहेको छ । हामीले यसको विशाल आकारलाई बुझ्न सक्दैनौँ तर यदि हामीले आपूmले आपूmलाई चिन्यौँ र यो सृष्टिकै एउटा हिस्सा हो भने यो त्यस अनन्तलाई बुझ्नु जत्तिकै गहन हुन्छ ।”

उहाँले एउटा उदाहरण प्रस्तुत गर्दै भन्नुभयो, “यदि हामीले समुद्रको स्वादलाई चाख्न चाह्यौँ भने हामीले त्यसको सबै पानी पिउन सक्दैनौँ तर एउटा थोपोको स्वाद लिए मात्रै पनि पूरै समुद्रलाई चाखेकै बराबर हुन्छ । हामी त्यो अनन्त शक्तिको त्यो थोपो हौँ जसद्वारा सबै कुराको सिर्जना भएको छ । यसर्थ यस कुरालाई जान्नु र बुझ्नु नै सर्वोच्च ज्ञान हो ।”

यस्तो गहन सन्देशबाट उल्लेख्य रूपमा उपस्थित मानिसहरू मन्त्रमुग्ध भएका थिए । यसबाट गया सहर एउटा अलौकिक शान्तिका कारण जीवन्त भएको महसुस भयो । पवित्र नदी ‘फाल्गु’ को किनारमा रहेको गया सहरका बारेमा हिन्दू महाकाव्य रामायण र महाभारतमा पनि वर्णन गरिएको छ । 

बोधगया भगवान् बुद्धले प्रसिद्ध ‘पीपल’ को वृक्षमुनि बसेर ज्ञान प्राप्त गरेको स्थान हो । गयादेखि केही माइल पर नालन्दा विश्वविद्यालय छ । यसलाई १५०० वर्षभन्दा पहिला प्राचीन कालको ठूलो सिकाइ केन्द्र तथा संसारको पहिलो आवासीय विश्वविद्यालय मानिन्छ । यसको छेउमा भगवान् बुद्धले आफ्नो व्याख्यान प्रस्तुत गरेको राजगीर नामक स्थान पनि छ । 

को हुन् प्रेम रावतको ?

प्रेम रावत एक विश्व प्रसिद्ध शिक्षाविद्, सर्वाधिक विक्री भएको पुस्तकका लेखक, मानवतावादीका साथै  दुईओटा गिनिज विश्व रेकर्ड बनाउनुहुने एक विशिष्ट व्यक्तित्व हुनुहुन्छ । उहाँ विश्वभरका स्रोतागणहरूलाई व्यावहारिक रूपमा आपूmले आपैmँसँग जोड्न र सन्तुष्ट जीवन जिउनका लागि प्रेरित गर्नुहुन्छ । प्रेम रावतले हरेक व्यक्तिका लागि आशा र शान्तिको व्यावहारिक सन्देश प्रदान गर्ने अथक प्रयासमार्पmत लाखौँ मानिसहरूको जीवनलाई प्रभावित तुल्याउनुभएको छ । उहाँको सम्बोधन र सन्देश छ दसकभन्दा अघिदेखि ५,५०० भन्दा बढी कार्यक्रमबाट प्राप्त गर्नुभएको गहन व्यक्तिगत अनुभवमा आधारित छ । 

एक विलक्षण बालकदेखि ७० को दशकमा एक किशोर आइकन हुँदै विश्व शान्तिदूतसमेत बनेर प्रेमले लाखौँ मानिसहरूका लागि असाधारण स्पष्टता, प्रेरणा अनि जीवनको गहन शिक्षा प्रदान गरिरहनुभएको छ । हाल संयुक्त राज्य अमेरिका स्थित द प्रेम रावत फाउन्डेसनका संस्थापक प्रेम रावतले जीवनमा सबै क्षेत्रसँग जोडिएका मानिसहरूसँग रहेर काम गर्नुहुन्छ । यसका साथै उहाँले आपूmभित्रको राम्रोपनको स्रोतको अनुभव कसरी गर्ने भनेर उहाँहरूलाई सिकाउनुहुन्छ । उहाँको विश्वव्यापी प्रयास १०० भन्दा बढी देशमा पैmलिसकेको छ र यसले प्रत्येक व्यक्तिका लागि आशा, खुसी र शान्तिको व्यावहारिक सन्देश प्रदान गरेको छ ।

शान्ति शिक्षा कार्यक्रम रावतको सम्बोधनमा आधारित ‘विभिन्न विषयमा केन्द्रित अप्राविधिक दक्षताको एउटा कल्याणकारी कार्यक्रम’ हो र यसलाई विश्वका १००० भन्दा बढी शैक्षिक संस्थानमा उपयोग गरिएको छ । यसका साथै यसमा ३ लाख ६५ हजारभन्दा बढी मानिसहरूले भाग लिइसकेका छन् । यसलाई संसारका ७७५ भन्दा बढी जेलहरूमा उपयोग गरिएको छ र यसबाट दोहो¥याएर अपराध गर्ने दरलाई घटाउन मद्दत पुगेको छ । यस कार्यक्रमलाई संसारका ८० देशमा ४० भाषामा अनुवाद गरी प्रयोग गरिरहिएको छ । प्रेम रावत फाउन्डेसनको नयाँ कार्यक्रम “शान्ति शिक्षा कार्यक्रम ईडीयू” लाई विशेषतः शिक्षक वर्ग तथा शैक्षिक क्षेत्रका लागि निर्माण गरिएको हो । उहाँले भर्खरै १ नोभेम्बर २०२३ मा दुबईस्थित जीईएसएसमा आफ्नो सन्देश प्रस्तुत गर्नुभयो । जीईएसएस संसारका ४० भन्दा बढी देशका ३५० भन्दा धेरै शैक्षिक निकाय तथा विशेषज्ञहरूको सहभागिता हुने शैक्षिक मेला हो ।  

उहाँ ‘शान्ति शिक्षा कार्यक्रम’ को आयोजना गर्ने प्रेम रावत फाउन्डेसनका संस्थापक हुनुहुन्छ । यो संस्थाले जेल, युद्धका कारण क्षतिग्रस्त देशदेखि ८० भन्दा बढी मुलुकका अवकाशप्राप्त सैनिक केन्द्र र अस्पतालहरूमा यो कार्यक्रम सञ्चालन गरेको छ । यो कार्यक्रमलाई विश्वका एक हजारभन्दा बढी स्कुल र विश्वविद्यालयले अपनाएका छन् । यसका साथै समाज र द्वन्द्वबाट पीडित मानिसहरूसहित जीवनमा सबै क्षेत्रसँग जोडिएका मानिसहरूसमक्ष यो कार्यक्रम पुगेको छ । यसले कार्यक्रममा सहभागीहरूलाई वास्तविक व्यक्तिगत शान्तिको अनुभव गर्ने प्रेरणा प्रदान गर्दछ ।  

प्रेम रावत शान्तिका विषयमा बोल्नुहुन्छ । उहाँले शान्तिलाई अनुभव गर्ने एउटा व्यावहारिक तरिका प्रदान गर्नुहुन्छ । उहाँ आफ्ना पुस्तक, प्रशिक्षण, वेबसाइटका सामग्री, सञ्चारजगत्सँगको साक्षात्कार अनि सबैभन्दा धेरै त प्रत्यक्ष प्रस्तुतिको कार्यक्रमलाई सम्बोधन गरी संसारका लाखौँ मानिसहरूमाझ आफ्नो सन्देश प्रवाह गर्नुहुन्छ । 

केवल सन् २०२३ मा मात्रै प्रेम रावतले टीभी, प्रकाशित सामग्री अनि रेडियोसहितका सबै सञ्चार माध्यममा गरी ७७ करोड ५० लाखभन्दा बढी मानिसहरूलाई सम्बोधन गर्नुभयो । प्रेम रावतले भर्खरै पनि संसारका शिक्षकहरूका लागि अत्यन्तै प्रभावकारी शान्ति शिक्षा कार्यक्रमलाई प्रस्तुत गर्न तथा आफ्नो सर्वाधिक विक्री भएको पुस्तक ‘हियर योरसेल्फ : हाउ टु फाइन्ड पिस इन ए नोइजि वल्र्ड’ को अरबी भाषाको संस्करणलाई विमोचन गर्नका लागि दुबई संयुक्त अरब इमिरेट्सको यात्रा गर्नुभयो । उहाँको यो ऐतिहासिक यात्राले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको ध्यान आकर्षित ग¥यो जसले उहाँको अन्तर्दृष्टि र प्रयासलाई लाखौँ मानिसहरूमाझ पु¥याइरहेको छ । प्रेम रावतलाई संयुक्त अरब इमिरेट्सको विश्व प्रसिद्ध शारजाह अन्तर्राष्ट्रिय पुस्तक मेलामा एउटा कार्यक्रमका साथै उहाँको सर्वाधिक विक्री भएको पुस्तक ‘हियर योरसेल्फ : हाउ टु फाइन्ड पिस इन ए नोइजि वल्र्ड’ को अरबी संस्करणको विमोचन कार्यक्रमको अवसरमा सम्बोधनका लागि आमन्त्रण गरिएको थियो । 

प्रेम रावत न्युयोर्क टाइम्सको ‘हियर योरसेल्फ : हाउ टु फाइन्ड पिस इन ए नोइजि वल्र्ड’ को सर्वाधिक विक्री हुने पुस्तकका लेखक हुनुहुन्छ । अप्रिल २०२३ मा उहाँ एकल लेखकका रूपमा सर्वाधिक व्यक्तिको सहभागिता अर्थात् १,१४,७०४ जना मानिसको उपस्थितिमा पुस्तक वाचन गरेर गिनिज विश्व रेकर्ड कायम गर्ने व्यक्तित्व हुनुहुन्छ । प्रेम रावत एक पाइलट पनि हुनुहुन्छ । उहाँसँग १५,००० घण्टाको उडान भरेको अनुभव छ । यसका साथै उहाँ एक फोटोग्राफर, प्राचीन कार मर्मतकर्ता एवम् चार सन्तानका पिता र चार बच्चाका हजुरबुवा पनि हुनुहुन्छ । 
 


 

प्रतिक्रिया