केएमसीको निरीक्षण गर्दै सुदुरपश्चिमका मुख्यमन्त्री शाही

काठमाडौं। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको भ्रमण तथा निरीक्षण गरेका छन्। काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा अनवरत सेवा प्रदान गर्दै आइरहेको छ।

अनौपचारिक रुपमा बिहीबार मुख्यमन्त्री शाहीले केएमसीको भ्रमण गर्दै त्यहाँको स्वास्थ्य प्रविधि, अस्पतालले प्रदान गरिरहेको सेवा लगायतका बारेमा जानकारी लिए।

केएमसीका जनरल मेनेजर नारायण दाहाल, क्षितिज भण्डारीले मुख्यमन्त्रीलाई स्वागत गर्दै कलेजले स्वास्थ्य क्षेत्रमा पछिल्लो समय भित्र्याएका नविनतम सेवा र प्रविधिका बारेमा जानकारी गराएका थिए। त्यहि क्रममा मुख्यमन्त्री शाहीले सुदुरपश्चिमका जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ र केएमसीसँग सहकार्य गर्न सकिन्छ भन्नेमा आउँदा दिनमा छलफल गरेर अगाडी बढ्न सकिने बताए।

केएमसीमा रहेका एक बिरामीको स्वास्थ्य अवस्था समेत बुझ्न आएका मुख्यमन्त्रीले जनतालाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा दिएकोमा केएमसीको प्रसंशा गरे। 

केएमसीको स्वास्थ्य सेवालाई गाउँगाउँ पुर्याउन तत्कालिन कार्यकारी अध्यक्ष सांसद डाक्टर सुनिलकुमार शर्माले निःशुल्क स्वास्थ्य शिविरको सुरुवात गरेकाले त्यसबाट गरिब, विपन्न, कमजोर आर्थिक अवस्था भएका तथा स्वास्थ्य सेवाको पहुँचबाट बाहिर रहेका जनता प्रत्यक्ष लाभान्वित भएकोमा सर्वत्र प्रसंशा भइरहेको छ। डा. शर्माले लामो समयदेखि गरिब, विपन्न र असहायलाई सडकबाटै उठाएर केएमसी र विराटनगरको नोबेल शिक्षण अस्पतालमा निःशुल्क उपचार गर्दै आइरहेका छन्।

डा. शर्माले तीन वर्षअघि केएमसीको ब्यवस्थापन सम्हाले सँगै स्वास्थ्य सेवामा ठूलो सुधार गरिएको छ। बागमती प्रदेशकै रेफरल सेन्टर बन्दै गइरहेको केएमसीमा चिकित्सा सेवामा पछिल्लो समय विश्वमा निर्माण भएका नविनतम प्रविधियुक्त सेवाहरु विस्तार गरिएका छन्।

प्रतिक्रिया