‘मौसुफ सामाजिक सञ्जाल सञ्चालन गरिबक्सन्न’

 

काठमाडा्रैं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनका सन्दर्भमा सामाजिक संजालमा भइरहेका जुहारीलाई लिएर पूर्व राजा ज्ञानेन्द्र शाहको नाम पनि मुछिन थालेपछि उनको सचिवालयले भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ । 

पूर्व राजा ज्ञानेन्द्र शाहले कुनै पनि सामाजिक सञ्जाल नचलाउने उनको सचिवालयले स्पष्ट पारेको छ । पूर्व राजाको नाममा सामाजिक संजालमा भएका अनेक अकाउन्टले जनतामा भ्रम छरेकाले सचिवालयले विज्ञप्ति नै जारी गरेर सजग गराएको हो । 

विज्ञप्तिमा भनिएको छ, ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय समसामयिक घटना सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्बद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राखीबक्सनु स्वाभाविक हो । तर, मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ । यस्तो निराधार कपोलकल्पित भ्रम जालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपु¥याउन समेत अनुरोध गरिन्छ ।’

त्यस्तै हिमानी शाहले पनि कुनै पनि सामाजिक सञ्जाल प्रयोग नगर्ने पनि विज्ञप्तिमार्फत भनिएको छ । विज्ञप्तिमा भनिएको छ, श्री ५ युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ । यस्तो निराधार कपोलकल्पित भ्रम जालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन समेत अनुरोध गरिन्छ ।’
266347749_5330512316975716_6528027527647568412_n

प्रतिक्रिया