भूकम्प प्रभावितको बसोवासबारे दलसँग परामर्श गर्दै प्रधानन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आव्हान गरेका छन् ।

आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका दाहालले बैठकमा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुनस्र्थापनाको सम्बन्धमा छलफल केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कात्तिक १७ गते शुक्रबार राती जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा ठूलो मानविय र भौतिक क्षति पुगेको छ । आजको बैठकमा भूकम्प प्रभावितको राहत र पुर्नस्थापनाबारे छलफल गर्न उनले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुलाई बोलाएका हुन् ।

प्रतिक्रिया