‘उपहार’ को गीत ‘वाह वाह वाह’ सार्वजनिक हुँदै

काठमाडौं। चलचित्र कलाकार रेखा थापाले निर्माण गरेको चलचित्र ‘उपहार’ को गीत सार्वजनिक हुने भएको छ। 

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको सो चलचित्रको ‘वाह वाह वाह’ बोलेको एउटा गीत शुक्रबार सार्वजनिक गर्न लागिएको हो। 

शंकर अधिकारी घायलले लेखेको सो गीतमा बाबुल गिरी र एलिना चौहानको आवाज सुन्न सकिन्छ भने बाबुल गिरीले नै संगीत गरेका हुन्। 
कविराज गहतराजले नृत्य निर्देशन गरेको सो गीतको छाँयाङ्कन विष्णु कल्पितले गरेका हुन्। 

निर्देशक देउजाले, नेपालीहरुको सांस्कृति पर्व तिहारलाई लक्षित गरी गीत सार्वजनिक गरिएको बताए। सो चलचित्र रेखा फिल्मस् र गपनगढी सिनेमा प्रालिको संयुक्त ब्यानरमा तयार भएको हो। चलचित्रको छाँयाङ्कन केही हप्ताअघि मात्रै सकिएको थियो। रेखा थापा, पूजा शर्मा, बेनिसा हमाल, मुकुन भुसाल, तेज गिरी र समर्पण थापालगायत अभिनित सो चलचित्र आगामी माघ २६ गते प्रदर्शनमा ल्याउने तयारी रहेको बताईएको छ। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया