हजार र पाँचसयको नोट खारेज गरेर व्यक्तिका घरमा थुप्रिएको रकममा प्रतिवन्ध लगाउन नेता केसीको सुझाव

काठमाडौं। नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले हजार र पाँच सयका नोटमाथि प्रतिबन्ध लगाउन आवश्यक रहेको बताएका छन्। 

न्यूज एजेन्सी नेपाल न्युज बैंकसँग कुरा गर्दै पूर्वमन्त्री तथा सांसद केसीले नेता र व्यापारिक घरमा अरबौँ रकम अबैध सम्पति रहेको दाबी गरेका छन्। 

‘अहिले राष्ट्रका सम्पतिहरु, अर्बौं अर्ब रुपैयाँ कालाबजारीदेखि राजनीतिक नेतृत्वसँग पनि डम्प भएर बसेको छ। त्यो हजार र पाँचसयको नोट खारेज गरेर नयाँ सुरु गर्ने आँट गर्न सक्छ सरकारले? त्यहीँबाटै नयाँ विश्वास सुरु हुन्छ मान्छेमा होइन भने यही कालाबजारिया भ्रष्टाचारका पैसाले राजनीतिलाई खेलमठेल गर्दागर्दै विकृती पैदा हुने थिति चैं अन्त्य हुँदैन। त्यसको परिणाम चैं हामीले ठुलो नोक्सानी बेहोर्नु पर्ने हुन्छ’, नेता केसीले भनेका छन्।

केसीले आम नागरिकलाई विश्वासमा लिन ठोस काम गर्न ढिला गर्न नहुने बताए। 

अर्को प्रसंगमा उनले अहिलेको राजनीतिप्रति आम नागरिकमा चरम वितृष्णा बढेको भन्दै अब उनीहरुलाई विश्वासमा लिन कुरा होइन काम गर्नुपर्ने बताए। 

संसद हो र होइन मात्र भन्ने थलो मात्रै बनेको उनको टिप्पणी छ। 

 
 

प्रतिक्रिया