रेखा थापा दर्शकलाई नयाँ ‘उपहार’ पस्किँदै

काठमाडौं। नायिका रेखा थापाले आफ्नो नयाँ चलचित्र ‘उपहार’ आउँदो माघ २६ मा दर्शकलाई उपहार दिने घोषणा गरेकी छिन्।

यसअघि यो चलचित्रलाई नयाँ वर्षमा रिलिज गर्ने तयारी गरिएको थियो। तर रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइलाः एमए थर्ड क्लास’ रिलिज गरिने कार्यक्रम तय भएपछि उपहारको प्रदर्शन मिति माघमा सारिएको हो।

C3637‘उपहार’ चलचित्रको वर्णन गर्दै नायिका रेखा थापाले सुनाईन्, “यो चलचित्र मेरो मन, वचन र कर्मको त्रिवेणी हो, मेहनतको परिणाम हो।”
प्रविधिको हिसाबका दृष्टिले र छायांकनको गुणस्तरमा केही नयाँपन आएपनि चलचित्रको कथामा नयाँ धार नहुने तर समग्रमा फिल्म व्यावसायिक र मनोरञ्जनात्मक भएको रेखाको भनाई छ।

रेखाले भनिन्,“हामीले समाजलाई सुधार गर्न सकेका छैनौं भने चलचित्र समाजलाई लिड गर्ने माध्यम बन्नु पर्छ। रुद्रप्रिया र मालिकामा मैले एक किसिमको बाटो बिराएको कुरालाई सुधार गरेर आफ्नै नेपाली परिवेश समाज, मौलिक कथा लिएर उपहार बनाएकी हुँ। समग्रमा भन्नु पर्दा यो व्यावसायिक र मनोरञ्जनात्मक चलचित्र हो।”

रेखालाई यस्तो लाग्छ, चलचित्र निर्माणको कल्पना गर्दा मेरो मात्र भएपनि यो सकिँदा सबै टिमको र प्रदर्शनमा जाँदा सबै दर्शकको आफ्नै जस्तो हुने छ।

रेखा भनि्छन्,“यो उपहार, यो चलचित्रसँग जोडिएका हरेक सदस्यको आफ्नो चलचित्र हो। यो रेखा फिल्मस्को मात्रै ज्ञानेन्द्र देउजाको मात्रै होईन सबैको हो। कल्पना गर्दा मेरो र ज्ञानेन्द्र दाईको मात्र थियो भने फिल्म सकिँदा सबैको भएको छ र प्रदर्शनमा जाँदा सबै दर्शकको हुने छ भन्ने विश्वास लिएकी छु।” 

Ghanthaghar web postउनले घन्टाघरमा फिल्म सुटिङ् गर्ने समयमा घन्टाघरको अवस्था देखेर नराम्रो लागेको भन्दै आफ्ना पूर्वज र इतिहासलाई सम्मान नगर्ने हो भने वर्तमानमा आफू बाच्नुको कुनै औचित्य नभएको पनि बताईन्।

उपहारका निर्देशक ज्ञानेन्द्र देउजाले भने फिल्म निर्माण सम्र्पूण टिमको पूर्ण मद्दत रहेको भन्दै यो चलचित्र दर्शकहरुलाई मन पर्छ भन्ने कुरामा पूर्ण रुपमा आशावादी रहेको बताए।

उनले भने,“यो फिल्मको सि्क्रप्ट बनाउँन ५ महिना लाग्यो, यो क्षेत्रमा लाग्दै गर्दा मैले धेरै उतार चढावहरु भोगेको छु र यो फिल्म निमार्णमा पनि केही समस्यहरु आए। मैले जुन हिसाबमा फिल्म बनाउँन खोजेको थिए त्यसलाई यो फिल्मको सम्पूण टिमले पूरा गर्न मद्दत गर्नुभएको छ। यो चलचित्र राम्रो बनेको छ भन्ने कुरामा म ढुक्क पनि छु। दर्शकहरुलाई मन पर्छ भन्ने कुरामा पूर्ण रुपमा आशावादी पनि छु।”

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भइरहेको उपहारले ३ महिला पात्रको कथालाई प्रस्तुत गरेको छ। फिल्ममा रेखा थापा, पूजा शर्मा र बेनिशा हमाल मुख्य भूमिकामा छन्। साथमा, फिल्ममा मुकुन भुषाल, तेज गिरी, शमर्पण जंग राणा, शिशिर राणा र अंशु थापा मुख्य भूमिका छ। सम्पर्ण जंग कार्की नेपाल एरका पाइलट पनि हुन्।

निर्देशक देउजाको उपहार फिल्म झिङ्गे दाऊपछि निर्देशन गरेको पहिलो फिल्म हो। यो फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडी ग्रुपले काठमाडौँ भित्र र मोफसलमा वितरण गर्नेछन्। कपनगढी सिनेमा र रेखा फिल्मस्को संयुक्त लगानीमा भएको हो।

फिल्मको छायाङ्कन विष्णु कल्पित र फिल्म क्र्यू नेपाल प्रालिको संयुक्त सहकार्यमा अत्याधुनिक उपकरणको प्रयोग मार्फत भएको छ। ‘उपहार लाइफ अफ जर्नी’ को छायाङ्कन इन्ड क्ल्याप भएको छ।

अब यो फिल्म ‘हात्तीछाप’ सँग भिड्ने भएको छ। किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्म ‘हात्तीछाप’ ले यस अघि नै पोस्टर जारी गरेर माघ २६ लाई प्रदर्शन मिति तय गरि सकेको थियो।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया