प्रतिपक्षप्रति प्रधानमन्त्रीको कटाक्ष: "सत्तामा कहिल्यै फर्किन नपाईने चिन्ताले गठबन्धन उल्टाउने कोसिस भइरहेको छ"

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने कोसिस भइरहेको टिप्पणी गरेका छन्। 

-PKD 1आइतबार भरतपुर महानगरपालिकाका ३ मा आयोजित एक कार्यक्रमा उनले, कहिल्यै सरकारमा फर्किन नपाइने चिन्ताले गठबन्धनलाई कमजोर पार्ने र उल्टाउने कोसिस भइरहेको बताएका हुन्। 

सरकारले बनाएको मजबुत विदेशी सम्बन्धले नेपाललाई राजनीति स्थायित्व दिने र अब त्यसो भयो भने सरकारमा फर्किन सकिन्न कि भन्ने त्रासले गठबन्धनलाई कमजोर पार्ने प्रयास भएको उनको तर्क छ। 

उनले भने,‘एकथरी मानिस छटपटिएका छन्। उनीहरुलाई के गरी गठबन्धन कमजोर पार्ने कसरी उल्टाउने यो गठबन्धनले यसरी नै सुशासन, सामाजीक न्यायको समृद्धिको र देशको राष्ट्रिय स्वाधिनतालाई अझ बलियो बनाउने, भारत, अमेरिका र चीनसँगको सम्बन्धलाई मजबुत बनाउने भनेको नेपाललाई राजनीतिक स्थायित्व र विकासको नयाँ गति दिने प्रकृया पनि हो। यसबाट अब फेरि कहिल्यै सरकारमा फर्किन पाइँदैन कि भनेर एकथरी चिन्तित छन्।’ 

PKD 2दाहालले कोशी प्रदेशमा गठबन्धनले राम्रो गरेको देख्न नसकेर विभाजन ल्याउने खेल भएको आरोप लगाए। सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीचको समझदारीले त्यो खेल अन्त्य गरिएको उनको भनाई छ। 

प्रधानमन्त्रीले भने, ‘कोशी प्रदेशमा गठबन्धनले राम्रो गरेको देख्न नसकेर एकथरि मानिस खेल खेल्न सकिन्छ कि भनेर कुनै तरिकाले विभाजन ल्याउन सकिन्छ कि भनेर योजना अन्तर्गत काम गरे। तर शेरबहादुर देउवा र शेखर कोइरालाबीच समझदारी गरेर त्यो खेल अन्त्य गरिएको छ। अब यो गठबन्धनले पूर्ण कार्यकाल यही गतिमा काम गर्ने प्रतिवद्धता म गर्न चाहन्छु।’

प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमणमा भएका समझदारी र सहमतिले नेपालको प्रतिष्ठा, राष्ट्रिय स्वाधीनता  र असंलग्न र स्वतन्त्र परराष्ट्रनीतिलाई नयाँ उचाइमा उठाएको विश्वास व्यक्त गरे। (नेपाल न्यूज बैंक)


 

प्रतिक्रिया