नेपाल २३ रनले भारतसँग हारेपछि एसियाली खेलकुदको यात्रा समाप्त

काठमाडौं । चीनमा सञ्चालन भइरहेको एसियाली खेलकुदको पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनलमा भारतले विजय हासिल गरेको छ ।

मंगलबार भएको खेलमा नेपाललाई २३ रनले पराजित गर्दै भारत विजयी बनेको हो ।

भारतसँग पराजित भएपछि पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ । टस जितेर ब्याटिङ रोजेको भारतले नेपाललाई ४ विकेटको क्षतिमा २०३ रनको लक्ष्य दिएको थियो । 

जवाफी ब्याटिङ् गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्रै बनाउन सक्यो । भारतको इनिङ्समा यशस्वी जयशवालले ४९ बलमा १ सय रन बनाएका थिए । 
 

प्रतिक्रिया