नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको जारी खेलमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ ।
नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन जोडेको छ । 

नेपालका लागि कप्तान रोहित पौडेलले ५२, गुल्सन झाले ३५ , कुशल मल्लले अविजित ४७ र कुशल भुर्तेलले ३५ रन बनाए । 

६७ रनमा ४ विकेट गुमाएको अवस्थामा नेपाललाई रोहित, गुल्सन र कुशल मल्लले सम्हालेका थिए । 

मल्लले २० बलमा २ छक्का र ३ चौका हाने । रोहितले २७ बलमा ३ छक्का र ३ चौका हानेका थिए । गुल्सनले २१ बलमा तीन छक्का र १ चौका हानेका थिए । 

पहिलो बलमा छक्का प्रहार गरेका दीपेन्द्रसिंह ऐरी दोस्रो बलमा आउट भए ।
 

प्रतिक्रिया