काठमाडौं। इराकको उत्तरी निनेभेह प्रान्तमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा ११३ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन्।
स्थानीय अधिकारी र आपतकालीन सेवाका अनुसार लागलागीमा परी ठूलो मानवीय क्षति भएको छ। निनेभेहका डेपुटी गभर्नर हसन अल–अल्लाकले भने,“अहिलेसम्म ११३ जनाको मृत्यु भएको पुष्टि भएको छ।” स्थानीय समयअनुसार मंगलबार राति करिब १०ः४५ बजे (१९ः४५ जिएमटी) आगलागी सुरु भएको बताइएको छ।
निनभेहका प्रान्तीय गभर्नर नाजिम अल–जुबौरीले बुधबार बिहानसम्म आगलागीबाट हतातती हुनेको यकिन तथ्याङ्क आइनसकेको बताए। उनले मृत्युकको संख्या बढ्न सक्ने बताए। इराकको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैफ अल–बद्रले भने,“दुर्भाग्यपूर्ण दुर्घटनाबाट प्रभावितहरूलाई राहत उपलब्ध गराउन प्रयास भइरहेको छ।”
इराकको आधिकारिक आइएनए समाचार एजेन्सीले सो प्रान्तको हम्दानियाह जिल्लाको एउटा कार्यक्रम हलमा भइरहेको विवाह समारोहमा आगलागी हुँदा १५० जना घाइते भएको बताएको थियो। हम्दानियाह राजधानी बगदादको उत्तरपश्चिममा लगभग ४०० किलोमिटर (करिब २५० माईल) उत्तरी शहर मोसुलको बाहिर रहेको छ।
इराकको नागरिक रक्षाको प्रारमि्भक रिपोर्टहरूअनुसार उत्सवको समयमा प्रयोग गरिएको आतिशबाजीका कारण लागलागी भएको हुन सक्छ । “प्रारम्भिक जानकारीअनुसार विवाहको समयमा आतिशबाजीको प्रयोग भएको देखिएको छ, जसले हलमा आगो लाग्यो,” नागरिक रक्षा अधिकारीहरूले बुधबार बिहान जारी गरेको एक विज्ञप्तिमा भनिएको छ।
अल जजीराका महमूद अब्देलवाहेदले बगदादबाट रिपोर्ट गर्दै भने,“इराकमा विवाह समारोहहरूमा आतिशबाजी गर्नु सामान्य विशेषता हो र आगलागी हुँदा करिब एक हजार मानिसहरू उत्सवमा उपस्थिति थए।”
कार्यक्रम हलको निर्माणमा प्रयोग गरिएको अतिप्रज्वलनशील सामग्रीले आगो दन्कनका लागि मद्दत पु¥याएको थियो। अब्देलवाहेदले भने,“भवनमा आपतकालीन निकासहरूसहित उचित सुरक्षा उपायहरू उपलब्ध थिएन।”
इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले आगलागीको छानबिन गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्रीले देशका आन्तरिक र स्वास्थ्य अधिकारीहरूलाई राहत उपलब्ध गराउन भनेको उनको कार्यालयद्वारा जारी अनलाइन विज्ञप्तिमा भनिएको छ।(नेपाल न्यूज बैंक)
प्रतिक्रिया