आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य घटबढ

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ।

जसअनुसार ठूलो गोलभेँडाको न्यूनतम मूल्य ३५ रुपैयाँ कायम भएको छ। भने लोकल सानो गोलभेँडाको न्यूनतम मूल्य ४० रुपैयाँ रहेको छ।

यसैगरी, आलु रातोको ५६, आलु सेतो ३५,प्याज सुकेको भारतीयको ७०, काउली स्थानीयको ७०, लौकाको ४०, गाजर लोकल ११०,बन्दा लोकल ४५ रुपैयाँ रहेको छ।

त्यसैगरी,अनारको ४००, जुनारको ३५०, मौसम १५०, भुई कटहर १८०, काक्रो लोकल ७०, नासपती लोकल ८० रुपैयाँ रहेको छ। (नेपाल न्यूज बैंक) 

प्रतिक्रिया