काठमाडौँ । सुन तस्करी प्रकरणमा थुनामा रहेका प्रतिवादीहरुको थुनछेक बहस आज सुरु हुँदैछ ।
जिल्ला अदालत काठमाडौँले करिब ६१ केजी सुन तस्करी प्रकरणका प्रतिवादीहरुसँगको बयान हिजो सकिएपछि आजबाट थुनछेक बहस गर्न लागेको हो।
हाल प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको हिजो बहस सकिएकाले आजबाट थुनछेक बहस सुरु हुन लागेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।
प्रकरणमा सरकारी वकिलको कार्यालयले प्रतिवादीहरुलाई थुनामा राखेर छानबिन गर्न आदेश माग गर्नेछ ।
प्रतिक्रिया