कांग्रेस केन्द्रीय समिति

पार्टीभित्र अराजकता बढेको आरोप, विधान परिवर्तनबारे सोच्न सभापतिलाई सुझाव

काठमाडौं। नेपाली कांग्रेसका नेता नारायण खड्काले पार्टीको विधान अब काम नलाग्ने भैसकेको टिप्पणी गर्दै यसलाई परिवर्तन गर्नुपर्ने माग गरेका छन्।

सोमबार कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा उनले पार्टीको विधान काम नलाग्ने भएको समेत बताए। 

नेता खड्काले भने, ‘अहिलेको हाम्रो विधानले काम गर्दैन। यो १४ जना पदाधिकारी र पार्टीको सभापति सहमतिमा हो या कार्यकारी हो? यो अर्को दुई वर्ष त जाला साथीहरू तर १५ औं महाधिवेशनमा जो साथीहरूको महत्वकाङ्छा राख्नु भएको छ। तपाईंहरूले यसलाई नयाँँ तरिकाले लानुस्।’ 

उनले यो पार्टीको विधानलाई कुन तरिकाले लाने भन्नेबारे सभापति शेरबहादुर देउवालाई सोच्न सुझाव पनि दिएका छन्। नेतृत्वको धागो लामो हुने र पार्टी चलाउन निकै नै असजिलो हुने उनको भनाइ छ।

गाली र ताली खान उपसभापतिको सुझाव

उपसभापति पूर्णबहादुर खड्काले राजनीतिमा प्रवेश गरेपछि ताली र गाली दुवै स्वीकार्नुपर्ने बताएका छन्। उनले पार्टीका कार्यकर्ताहरूले पूरा कुरा नसुनी प्रश्न गरेको भन्दै धैर्यसाथ सुनेर प्रश्न गर्न आग्रहसमेत गरे।

उपसभापति खड्काले आफू राजनीतिमा लाग्दा ताली र गालीलाई ग्रहण गर्छु भनेर स्वीकारेको बताए। 

उनले भने, ‘राजनीतिक जीवनमा प्रवेश गर्दा ताली र गाली दुवै कुरालाईई स्वीकार गरेको छु। सबै कुरालाई स्वीकार्नुपर्छ र जवाफ दिनुपर्छ। स्पष्ट पार्नुपर्छ।’

उपसभापति खड्काले पार्टीका कार्यकर्ताहरूले पूरा कुरा सुन्नुपर्नेमा जोड दिँदै आधा कुरा सुनेर आक्रोशित नहुन आग्रह समेत गरे। शिक्षकहरूको आन्दोलनलार्ई जुन हदसम्म सहमति गर्न सकिन्थ्यो त्यो गरेको उनको भनाइ छ।

उपसभापति खड्काले अब संसद्को प्रकृयामा जाँदा सरकारकातर्फबाट दलको प्रमख सचेतकसँग छलफल गर्ने र संसद्मा समावेश गर्ने बताए। 

 पार्टीभित्र अराजकता हावी भयो  

केन्द्रीय सदस्य रमेश रिजालले पार्टीभित्र अराजकता हावी भएको आरोप लगाएका छन्। पार्टीमा जे मन लाग्छ त्यही गर्ने प्रवृत्ती हावी भएको उनको टिप्पणी थियो। 

रिजालले भने, ‘नेपाली कांग्रेसमा जसलाई जे मन लाग्यो त्यही गर्ने, जहाँ जसको मन लाग्छ उसैको हुरमत लिने समस्या छ। ट्रेड युनियनमा पनि अराजकता छ।’

 

प्रतिक्रिया