राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप सशक्त बन्दै

काठमाडौं। राहतका शिक्षकहरूले सरकारसँग भएको ७ बुँदे सहमतिमा असहमति जनाउँदै जारी आन्दोलनलाई आजदेखि थप सशक्त बनाउने भएका छन्। 

शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन्।

शिक्षकहरुले आन्दोलनलाई थप सशक्त प्रदर्शन गर्न विभिन्न संघर्ष समितिलगायत सम्पूर्ण शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुसँग सहकार्य गर्दै अघि बढ्ने निर्णय अनुसार आज प्रदर्शन गर्न लागेका हुन्। 

त्यस्तै पेन्सन बन्चित शिक्षक केन्द्रीय संघर्ष समितिले पनि सम्पूर्ण शिक्षक कर्मचारीको मागलाई सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरिएको पनि जानकारी दिएको छ। 

नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको भन्दै सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी रहने घोषणा गरेका थिए।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया