आज क्यानको निर्वाचन

काठमाडौं । काठमाडौं नेपाल क्रिकेट संघ–क्यानको निर्वाचन आज शनिबार हुँदैछ । 

नयाँ नेतृत्व चयनका लागि नयाँबानेश्वरको एभरेष्ट होटलमा १२ बजेपछि मतदान सुरु हुँदैछ । १७ सदस्यीय केन्द्रीय कार्य समितिका लागि ८५ जनाले मतदान गर्नेछन् ।

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुनेछ । चन्द यसअघि क्यानका अध्यक्ष थिए । चतुरको प्यानलमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सचिवमा र उपाध्यक्षमा रोशन सिंह भिड्दैछन् ।

पारसको विरुद्धमा सचिवमा क्यानका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्ल मैदानमा छन् ।
 

प्रतिक्रिया