काठमाडौँ। आन्दोलनरत शिक्षकहरूले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन्।
यही असोज ३ गतेदेखि, काठमाडौँ केन्द्रित विरोधका कार्यक्रम गर्दै आएका शिक्षकहरुले आज पनि काठमाडौँको माइतीघरदेखि, बानेश्वरसम्म विरोध प्रर्दशन गरेका हुन्।
विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले आह्वान गरेको विरोध प्रर्दशनमा सहभागिहरुले नाच गानसहित विधेयकको विरोध गरेका छन्।
आफ्नो माग पुरा नभएसम्म आन्दोलन नरोक्ने उनिहरुको भनाई छ। उनीहरुको प्रदर्शनका कारण काठमाडौँ उपत्यकाको यातायात सेवा भने प्रभावित भएको छ। जसका कारण यात्रुलाई सास्ती भएको छ।
यसैबीच सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता गृहमन्त्रालमा चलिरहेको छ। विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुले १७ बुँदे माग अघि सारेका छन्। आफूहरूका मागका बारेमा शिक्षक संगठनका प्रतिनिधिहरूले बिहीबार बिहान र साँझ तथा आज शुक्रबार बिहान पनि मन्त्रीहरुसँग छलफल गरेका थिए।(नेपाल न्यूज बैंक)
प्रतिक्रिया