सिंहदरबार दक्षिणी गेटमा तनाव: भित्रै घुसेका वैद्य माओवादीका ११ कार्यकर्ता पक्राउ

काठमाडौं। शिक्षक आन्दोलनका क्रममा, निषेधित क्षेत्र तोड्दै सिंहदरबार प्रवेश गर्ने नेकपा माओवादी वैद्य निकट विद्यार्थी संगठनका ११ जना कार्यकर्ता पक्राउ परेका छन्।

Photo (3)Photo (11)निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र प्रवेश गरेपछि प्रहरी र आन्दोलनकारीबीच धकेला धकेल भएको छ। सो क्रममा प्रहरीले संचारकर्मीलाई समेत ज्याद्दती गरेको छ। 

Photo (9)Photo (1) (1)आन्दोलनको रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीलाई दुव्र्यवहार र हातपातसमेत गरेको छ। सिंहदरबारभित्र वैद्य माओवादीका विद्यार्थीहरुलाई धरपकड गरिएको दृष्य खिच्ने क्रममा केही फोटो पत्रकारलाई समेत प्रहरीले हातपात गरेको छ। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया