प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपतिवीच भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन्। अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७८ औं महासभामा भाग लिने क्रममा उनले राष्ट्रपति बाइडेन र श्रीमती बाइडेनसँग भेटेका हुन्। 

प्रधानमन्त्रीले अमेरिकामा आफूलाई न्यायो स्वागत गरेको भन्दै राष्ट्रपति बाइडेनलाई धन्यवाद दिएका छन्। उनले भनेका छन्, ‘ महामहिम अमेरिकी राष्ट्रपति जो बाइडेन र श्रीमती बाइडेनलाई न्यायो स्वागत र अतिथ्यताका लागि हार्दिक आभार सहित धन्यवाद।’

प्रधानमन्त्री पितासँगै यात्रामा रहेकी गंगा दाहालले पनि अमेरिकी राष्ट्रपति दम्पतिसँग खिचेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेकी छन्।

चीन हिँडे प्रधानमन्त्री

प्रधानमन्त्री दाहाल आजै चीन प्रस्थान गरेका छन्। उनी यही असोज ६ गतेदेखि १३ गतेसम्म चीनको भ्रमणमा रहने छन्। चीनमा रहँदा उनले राष्ट्रपति सि चिनफिङसहित चिनीयाँ समकक्षी एवं उच्चअधिकारीसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

राष्ट्रसंघको महासभामा भाग लिन उनी गत भदौ ३० गते न्यूयोर्कतर्फ प्रस्थान गरेका थिए। प्रचण्ड चीनको भ्रमण सकेर यही असोज १३ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ।
 
 

प्रतिक्रिया