पौडेल पक्षबाट सभापतिको उम्मेदवार प्रकाशमान कि शेखर ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले संस्थापनइतर पक्षबाट पार्टीको नेतृत्वमा साझा उम्मेदवार चयन गर्न शीर्ष नेताहरुलाई दबाब दिएका छन् ।

बुधबार बसेको पौडेल पक्षका नेताहरुको बैठकले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवार चयन गर्न शीर्षनेताहरुलाई दबाब दिएका हुन् ।

वरिष्ठ नेता पौडेलले संस्थापनइतर पक्षका विभिन्न जिल्लाका सभापति र पार्टी केन्द्रीय सदस्यहरुसँग छलफल गर्दा नेता प्रकाशमान सिंह र शेखर कोइरालामध्ये एक जनालाई साझा उम्मेदवार दिन दबाव दिएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । उनले आफू अन्तिम निष्कर्षको बाटोतर्फ उन्मूख भएको जानकारी दिँदै आज बेलुकासम्म निर्णय गर्ने बताए ।

नेता केसीले संस्थापनइतर समूहबाट नेता सिंह र शेखर कोइराला मिलेर आए नेता पौडेल र महामन्त्री शशांक कोइरालाले सहयोग गर्ने प्रतिवद्धता जनाएको जानकारीसमेत दिए । 

प्रतिक्रिया