लिबियाको बाढी: मृत्युको दुर्गन्ध, उजाड भूमि

काठमाडौं। बेङ्गाजीका क्षेत्रहरू खियाले रातो भएका तालका रुपमा परिणत भएका छन्। जब त्यहाँ पुगिन्छ यातायात सुस्त हुन थाल्छन्। टेलिग्राफका खम्बाहरू अव्यवस्थित रूपमा ढलेका छन्। कारहरू राजमार्गका प्वालहरू वरिपरि घस्रन्छन्, हतारमा खनिएका जस्ता देखिन्छन्।

देर्ना सहर नजिकको एउटा पुल पूर्णरूपमा बगेको छ। स्थानीयहरू टार्माक मुहानको छेउमा उभिएर हेर्छन् र फोटो खिच्छन्।

सिपाहीहरूले कारमा आएका प्रत्येक चालक र यात्रुलाई मास्क दिन्छन्। अर्को दिशामा ड्राइभ गर्नेहरूले मास्क लगाएका छन्। यस्तो किन भइरहको छ भन्ने विषय यहाँले चाँडै थाहा पाउनुहुनेछ।

सहरका केही भागहरूमा मृत्युको गन्ध वर्णन गर्न लगभग असम्भव छ। नाकको प्वाल गन्धले भरिन्छ। ढलबाट निस्कीएको गन्ध पहिचान गर्न गाह्रो छ। बन्दरगाह नजिक गयो भने यहाँको गन्ध यती शक्तिशाली छ कि यसले पेट निमोठ्छ।

पुनःस्थापनामा खटिएकाहरू मानिसका शवहरू अझै खोजिरहेका छन्।

समुद्रको पानीमा बिस्तारै सडिरहेका तीन शवहरू भर्खरै भेटिएको उद्धारकर्मीले बताए। ती शव ढिस्कोको भग्नावशेषमा फेला परेका थियो।

भाँचिएका काठ, कार, टायर, फ्रिज लगायत वस्तुहरू पानीमा तैरिएका छन्। डेर्ना सहरका तस्बिर हेर्दा कहालीलाग्दो देखिन्छ। बाढीको क्षति हेर्दा लाग्छ, सहर खोलाले हानेको चोट जस्तै देखिन्छ। यहाँ केही पनि छैन जस्तो उजाड बाँझो जमिन जस्तै देखिन्छ।

यहाँका ढिस्कामा केही पनि बाँकी छैन। बाँझो जमिन जस्तै देखिन्छ। कारहरू खेलौनाहरू जस्तै उल्टो भएर पल्टीरहेका छन्। केही अल सहाबा मस्जिद वरपरको टेरेस भित्र पूर्ण रूपमा धकेलिएका छन्।

कंक्रिटका ब्लकले बनेका पर्खालहरू ढलेका छन्। बलिया रूखहरू जमिनबाट उखेलिएका छन्, रुखका जरा हावामा देखिन्छन्। यहाँ हजारौं मानिस मात्र बडारिएका होइनन्, तिनीहरूका जीवनसँगै घर, सम्पत्ति र सामग्री बडारिएका छन्। डेर्ना सहरको मानवता सकिएको छ।

बाँच्नेहरूका लागि यहाँको जीवन परिवर्तन भएको छ। त्यहाँ ठूलो शोक र क्रोध छ। फरिस घसारले आफ्नो परिवारका पाँच सदस्यलाई भीषण पानीमा गुमाएका छन्।

“हामीलाई घर भित्रै बस्न भनियो, किन ?” उनी रोए र भने, “हामीलाई आँधी आएको बताउनुपर्ने थियो, हामीलाई बाँध पुरानो र भत्किएको बताउनुपर्ने थियो।”

“यी भत्किएका भवनहरूमध्ये केही सय वर्ष पुराना थिए। यो सबै राजनीति हो। पश्चिममा सरकार छ, पूर्वमा सरकार छ। यो ठूलो समस्या हो”, उनले भने।

मृतकमध्ये एक फारिसकी १० महिनाकी छोरी पनि थिइन्। उनले आफ्नो छोरीको तस्बिर मोबाइलमा देखाए।

यहाँका मन्त्रीले विपद् क्षेत्रको अवलोकन गरेका छन्। ती मन्त्रि पूर्वी सरकारका हुन्। लिबियाका दुई विरोधी अधिकारीहरूमध्ये उनी एक थिए। उनीहरूको लडाइँले देशको पूर्वाधार ध्वस्त पारेको थियो।

त्यो लडाइँ उनको परिवारको लागि घातक साबित भएको फारिसले दाबी गरे। पूर्वी प्रधानमन्त्री ओसामा हमादले भने, “यो धेरै शक्तिशाली चक्रवात थियो, यो प्रकृति हो।”

सडकमा डेर्ना पूर्ण खाली गर्ने हल्ला छ। सहरका छेउछाउमा रहेकाहरू सफा पानी र चिकित्सा सेवाको अभाव लडिरहेका छन्। घातक आँधीको एक सातापछि यहाँ बाँचेकाहरूले सामना गर्नुपर्ने चुनौति बढ्दै गएका छन्।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया