एसिया कप उपाधिका लागि आज भारत र श्रीलङ्का भिड्दै

काठमाडौं । एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ बजे कोलोम्बोमा हुदैँछ ।

सुपर फोरमा भारतसँग श्रीलङ्का ४१ रनले पराजित भए पनि पाकिस्तानलाई दुई विकेट र बङ्लादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

भारतले श्रीलङ्कालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बङ्लादेशसँग भने ६ रनले पराजित भएको थियो ।

श्रीलङ्काले २०२२ मा टी–२० र भारतले २०१८ मा एकदिवसीय एसिया कप जितेका थिए । यसअघि भारतले ७ पटक र श्रीलङ्काले ६ पटक एसिया कपको उपाधि जितेका छन् ।
 

प्रतिक्रिया