हेलिकोप्टर दुर्घटनामा भारतीय सेना प्रमुख रावतको मृत्यु 

 

नयाँ दिल्ली । भारतको तमिलनाडुमा भारतीय वायु सेनाको हेलिकोप्टर दुर्घटनामा चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित १३ जनाको मृत्यु भएको पुष्टी भएको छ । 

भारतीय एयरफोर्सले अनुसार दुर्घटना भएको हेलिकोप्टरमा सवार रावसहित १३ जनाको मृत्यु भएको पुष्टी गरेको छ । रावतसँगै उनकी पत्नी मधुलिका रावत र अन्य ११ जनाको मृत्यु भएको हो ।

बुधबार भारतीय सेना प्रमुख रावत सवार हेलिकप्टर तामिलनाडुमा दुर्घटना भएको थियो  । भारतीय वायु सेनाको एमआइ–१७ वी ५ हेलिकोप्टर कोयम्बटुर र सुलुरको बिच कुन्नुरमा दुर्घटना भएको हो । 

भारतीय वायु सेनाले विज्ञप्ति जारी गर्दै हेलिकोप्टरमा १४ जना सवार भएको जनाएको छ ।

army-chopper

प्रतिक्रिया