बसको द्रुतसेवा सञ्चालनका लागि डेडिकेटेड लेन बनाउन थालियो

काठमाडौं। सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा डेडिकेटेड लेन बनाउन शुरु गरिएको छ । 

काठमाडौं सडक डिभिजन कार्यालयले दु्रत बस सेवा सञ्चालनका लागि रेड मार्क गर्न थालिएको जनाएको छ । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवस ३ असोजदेखि द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिएका  थिए । 

मन्त्री ज्वालाको निर्देशनपछि सडक विभाग र यातायात ब्यवस्था विभागले काम शुरु गरेका छन् । 

यातायात ब्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ वटा ठूला बसहरु तयारी अबस्थामा राखेको छ भने सडक विभागले डेडिकेटेड लेन बनाउन थालेको छ । 

तीन दिनभित्र रत्नपार्कदेखि सूर्यविनायकदेखि रत्नपार्कसम्म डेडिकेटेड लेन सक्ने गरी काम थालिएको छ । (नेपाल न्यूज बैंक)
 

प्रतिक्रिया