सुरु भयो सुवास नेम्वाङको शव यात्रा

काठमाडौं। संविधानसभा अध्यक्ष सुवास नेम्वाङको शव यात्रा सुरु भएको छ।

मंगलबार निधन भएको नेम्वाङको आज राजकीय सम्मानसहित पशुपतिमा अन्त्येष्टि गरिंदैछ। उनको निवास बालुवाटारबाट शव निकालिएको हो।  बालुवाटारमै सेनाले सलामी दिएको छ।

शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ।

नेम्वाङको सोमबार राति निधन भएको थियो। दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित  निवासमा लगिएको थियो।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया