तरकारी र फलफूलको मूल्यमा सामान्य घट्बढ

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार, बजारमा आज नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी ६० रुपैयाँ तोकिएको छ। लोकल सानो गोलभेँडा ५० रुपैयाँ प्रतिकेजी रहेको छ। यस्तै रातो आलुको मूल्य ५६ रुपैयाँ र भारतीय सुकेको प्याज प्रतिकेजी ६५ रुपैयाँ रहेको छ। आज स्थानीय काउलीको मूल्य भने प्रतिकेजी ९० रुपैयाँ पुगेको छ। 

त्यस्तै, कन्य च्याउको मूल्य प्रतिकेजी १८० रुपैयाँ रहेको छ। डल्ले च्याउको मूल्य ३०० रुपैयाँमा विक्रि भएको छ। गाजरको मूल्य भने प्रतिकेजी १३० रुपैयाँमा विकि्र भईरहेको छ। घिउ सिमी लोकल ५०, भन्टा लाम्चो ४०, मकै बोडी ८०, भटमासकोशा ११० रुपैयाँ तोकिएको छ। तितो करेला ९०, लौका ३०, परवल ४०, घिरौला ३०, फर्सी पाकेको ५०, काँक्रो लोकल ८०, स्कूस २५, प्याज हरियो १५०, रायो साग ९०, कुरीलो ४५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ। 

त्यस्तै, केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य प्रतिकेजी ३२० नै कायम छ। कागती १९०, अनार प्रतिकेजी ३२० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ। साथै, तरबुजा हरियो ६०, मौसम १५०, कालो अंगुर ४५० र नासपाति लोकल ८० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया