मोरक्को भूकम्पः दुई हजार आठ सय जनाको मृत्यु, सहायता नपाएको पीडितको गुनासो

मौले ब्राहिम, (मोरक्को)। मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार आठ सय पुगेको छभने तीन हजार जना घाइते भएका छन्। अधिकांश भूकम्पपीडितले सरकार तथा अन्य निकायबाट सहायता नपाएको गुनासो गरेका छन्। 

भूकम्पबाट आघातग्रस्त घरबारविहीनहरूले आफ्नो ज्यान जोकिए पनि बाँकी जीवन जिउन आफूसँग केही नभएको र गत शुक्रबारदेखि नै खाना र आवासका निम्ति भौतिरिनुपरेको पीडा पोखेका छन्। सरकार वा अन्य सहायता निकायबाट आफूहरूलाई कुनै सहयोग प्राप्त नभएको पनि उनीहरूले बताएका छन्।

भूकम्पबाट अधिक प्रभावित ताफेघते गाउँका एक जना पीडितका अनुसार करिब दुई सय जनाको बसोबास रहेको उनको गाउँका ९० जनाको शव फेलापरेको छभने अन्य हराइरहेका छन्। “यो गाउँका मानिस या त अस्पतालमा छन् वा जीवित छैनन्,” बिलौना गर्दै हसन भन्छन्। 

भवनका भग्नावशेष सफा गर्ने यान्त्रिक उपकरणको अभावमा खोज जटिल भएको छ। परम्परागत घरका इँटा र ढुङ्गा बाटामा असरल्ल छन्। हसन आफ्ना काका अझै पनि भग्नावशेषमुनि दबिएका बताउँछन् तर उनलाई जीवितै बाहिर निकाल्ने कुनै आशा छैन। (रासस/एएफपी)

प्रतिक्रिया