नेम्वाङको निधनपछि बीपी साहित्य महोत्सव अन्तर्गत आजको कार्यक्रम स्थगित

काठमाडौं। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा नेपाली कांग्रेसले आयोजना गरिरहेको बीपी साहित्य महोत्सव अन्तर्गत आजको कार्यक्रम स्थगित गरिएको छ। 

मंगलबार नेकपा एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधन भएकाले कार्यक्रम स्थगित गरिएको कांग्रेस केन्द्रिय कार्यालयले जनाएको छ।

बिपी साहित्य महोत्सव भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म निर्धारण गरिएको थियो।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया