काठमाडौं। सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले सुवासलाई राष्ट्रिय सम्मान दिने र उनको अन्त्येष्टिको दिन सार्वजनीक विदा दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए। उनले भने, “मन्त्रीपरिषदको बैठकले सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने र उहाँको अन्त्येष्टिको दिन सार्वजनीक विदा दिने निर्णय गरेको छ।”
सोमबार राति निधन भएको उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ। उनका छोराहरु देश बाहिर रहेकाले छोराहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ।(नेपाल न्यूज बैंक)
प्रतिक्रिया