बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलको मृत्यु भएको छ । 
 

शुक्रबार दिउँसो मधुवन नगरपालिका वडा नं ३ बस्ने ५५ बर्षीया कलीवंसी मगर घर नजिकैको सम्झना सामुदायिक वनमा बाघको आक्रमण परिन  । 
हिजो दिउँसो १ बजेतिर वनमा घाँस काट्न गएकी उनी अबेरसम्म घर नफर्किएपछि आफन्तहरुले खोजि गर्दा मृत फेला परेकि हुन् । 

उनको शव हिजो साँझ ५ बजे बाघले आक्रमण गरी दायाँ हात खाएको अवस्थामा सशस्त्र प्रहरी बल र आफन्तले फेला पारेको डिभिजन वन कार्यालय बर्दियाका सुचना अधिकारी द्रोणराज शर्माले जानकारी दिए । मृतक कलीको शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको छ ।

उक्त सामुदायिक वन खाता जैविक मार्गमा पर्दछ ।  उक्त मार्गमा गत चैत्र ६ गते पनि दुई जना महिलाको बाघको आक्रमणबाट मृत्यु भएको थियो । 
 

प्रतिक्रिया