काठमाडौं। नेपाली कांग्रेस निकट युवा संगठन, नेपाल तरुण दलले, सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा काठमाडौंमा प्रर्दशन गरेको छ।
शुक्रबार रत्नपार्कमा भेला भएर, तरुण दलका नेता कार्यकर्ताले आक्रमणको विरोधमा प्रर्दशन गरेका हुन्।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका प्रदर्शनकारीले आक्रमण नियोजित भएको आरोपसमेत लगाएका छन्। प्रर्दशनमा सहभागिले 'नारायणकाजी मतियार, ज्ञानेन्द्रको हतियार', 'पक्षपाती प्रहरी प्रशासन मुर्दावाद' जस्ता नाराबाजी गरेका थिए।(नेपाल न्यूज बैंक)
प्रतिक्रिया