सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । 

काठमाडौँ जिल्ला अदालतमा विचाराधीन रहेको लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ । 

भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । 
तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो ।
 

प्रतिक्रिया