काठमाडौं । नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खकुरी प्रहार भएको छ। रिपोर्टस् क्लबबाट निस्कने क्रममा उनीमाथि खुकुरी प्रहार भएको प्रहरीले पुष्टि गरेको छ।
नुवाकोट घर भएका श्याम सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।
यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया