एसिया कप क्रिकेट : भारतलाई २३ ओभरमा १४५ रनको लक्ष्य

काठमाडौँ, १८ भदौ : वर्षाका कारण रोकिएको एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको खेल पुनः सुरु भएको छ । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा बर्षा बाधक बनेपछि निर्धारित ५० ओभरको खेललाई छोटयाएर २३ ओभरमा झारिएको छ । यससँगै अब भारतले १४५ को नयाँ लक्ष्य प्राप्त गरेको छ । 

त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले भारतलाई जितको लागि दुई सय ३१ रनको लक्ष्य दिएको थियो । जवाफी व्याटिङमा उत्रेको भारतले वर्षाले खेल रोकिनु अघि दुई दशलव एक ओभरमा कुनै पनि विकेट नगुमाईकन १७ रन बनाएको थियो  । केहीबेर अघिसम्म भारतले सात ओभरमा बिना कुनै विकेट ४५ रन बनाएको छ । 

भारतका लागि सुभमन गिल २२ तथा कप्तान रोहित शर्मा २२ रनका साथ मैदानमा छन् ।

नेपालले ४२ दशमलव २ ओभरमा सबैविकेट गुमाउँदै २ सय ३० रनको योगफल बनाएको थियो । नेपालका लागि आसिफ शेखले ५८, सोमपाल कामीले ४८, कुशल भुर्तेलले ३८, दीपेन्द्रसिंह ऐरीले २९ र गुल्सन झाले २३ रन बनाएका थिए । 

बलिङतर्फ भारतका रविन्द्र जडेजा र मोहम्मद सिराजले समान तीन तीन विकेट लिएका थिए भने मोहम्मद सामी, हार्दिक पान्ड्या र शार्दुल ठाकुरले समान एक एक विकेट लिएका थिए । (रासस)

प्रतिक्रिया