एसिया कप क्रिकेट : नेपालले दियो भारतलाई २ सय ३१ रनको चुनौती

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतलाई जितका लागि २ सय ३१ रनको चुनौती पेश गरेको छ । 

बर्षाले केही समय विथोलेको खेलमा नेपालले ४८ ओभर दुई बलमा सबै  विकेट गुमाएर २ सय ३० रन बनाएको छ । 

श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालका लागि ओपनिङमा कुशल भुर्तेलसँग आएका आसिफ शेखले अर्ध शतक प्रहार गरे । यो उनको भारतको राष्ट्रिय टोलीविरुद्ध र एसिया कपमा नेपाली खेलाडीको तर्फबाट बनाएको पहिलो अर्धशतक हो । 
उनले ८८ बलको सामना गर्दै ७ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका थिए । 

आसिफ ५८ रन बनाएर मोहम्मद सिराजको बलमा विराट कोहलीद्वारा क्याच भएर बाहिरिएका थिए । 

आफिप पछि नेपालका लागि सर्वाधिक रन अलराउण्डर सोमपाल कामीले  बनाए । दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछाने साझेदारी गरेका सोमपालले दुई छक्का र एक चौका सहित ४८ रन जोडे ।। आसिफसँगै ओपनिङमा आएका भुर्तेलले २५ बल खेलेर २ छक्का र ३ चौकाको

सहयोगमा उक्त  रन बनाएका थिए । कुशलले एक दिवसीय क्रिकेटमा एक हजार रन पनि पूरा गरेका छन् । 

यी दुई खेलाडीको जोशिलो प्रदर्शनको सहयोगमा नेपालले पावरप्लेको खेल आफ्नो पक्षमा पारेको थियो । 
यस्तै भीम सार्की ७ रन बनाएर बाहिरिदा कप्तान रोहित पौडेलले ५ रन मात्र बनाए । यस्तै कुशल मल्ल २ रनमा आउट हुँदा गुलशन झाले २३ रन बनाए । गुलशनले ३५ बल खेलेर ३ चौकको सहयोगमा उक्त रन बनाए । 

बर्षाले खेल विथोल्न अघि दीपेन्द्र सिंह ऐरी २९ रन बनाएर हार्दिक पाण्डयाबाट एलबिडल्यू आउट भए । ऐरीले २५ बल खेलेर ३ चौकाको सयोगमा २९ रन बनाए । सोमपाल कामी अभागी सावित भए । अर्धशतक बनाउन २ रनले चुकेका कामीले ५६ बल खेलेर २ छक्का र १ चौकाको सहयोगमा ४८ रन बनाएर बाहिरिए । 

यस्तै सन्दीप लामिछाने रन बनाउने गलत प्रयास गर्दा ९ रनमा रनआउट हुन पुगे । करन केसी २ रन नटआउट रहदा ललित राजवंशी विना योगदान बाहिरिए । 
भारतीय बलरहरुमा रबीन्द्र जडेजाले ३, मोहम्मद सिराजले ३, हार्दिक पाण्डया १, मोहम्मद सामी १ र शार्दुल ठाकुरले १ विकेट लिएका छन् । 

क्रिकेटमा महारथ प्राप्त मुलुक भारतसँग नेपालले एसिया कपको पहिलो भेटमा नै गरेको प्रदर्शनलाई धेरैले तारिफ गरेका छन् । त्यसमाथि नेपालले झण्डै ५० ओभर निकट सम्म टिकेर खेल्नुलाई पनि अर्को सफलता मानिएको छ । 
 

प्रतिक्रिया