एसिया कप क्रिकेट : बर्षाले केहीबेर विथोलेको नेपाल र भारतको खेल पुनः सुरु

काठमाडौ । एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको वर्षाले अवरुद्ध भएको खेल पुनः सुरु भएको छ । 

श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले बर्षाले खेल अवरुद्ध हुन अघि ३७ ओभर ५ बल खेलेर ६ विकेटको खर्चमा १ सय ७८ रन बनाएको थियो । 

अहिले नेपालले यो समाचार तयार पार्दा सम्म ३९ ओभर १ बलमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको छ । 
 

प्रतिक्रिया