नेपालले गुमायो दोस्रो विकेट भिम सार्की ७ रनमै आउट

काठमाडौं । एसिया कप छनोट अन्तर्गत भारतसंग जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ। 

पहिले ब्याटिङको निम्तो पाएको नेपालका ओपनर कुशल भूर्तेल २५ बलको सामना गर्दै २ छक्का र ३ चौकाको मद्दतमा ३८ रन बनाएर पेभिलिएन फर्किएपछि क्रिजमा आएका सार्की १७ बल सामना गर्दै जम्मा ७ रन बनाएर आउट भए। 

उनी रविन्द्र जडेजाको बलमा बोल्ड आउट भएका हुन्। यसअघि शार्दुल ठाकुरको बलमा इशान किसानले भूर्तेललाई क्याच आउट भएका थिए। 

१६ ओभर ३ बलको खेल सकिँदा नेपालले २ विकेट गुमाएर ८१ रन बनाएको छ।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया