चट्याङ लागेर दश जनाको मृत्यु

भुवनेश्वर। उडिसाका छ वटा जिल्लामा शनिबार चट्याङ लागेर दश जनाको मृत्युभएको छभने अन्य तीन जना घाइते भएका छन्। 

राज्यको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक–एक, बोलाङ्गिरमा दुई र खोर्दा जिल्लामा चारजनाले ज्यान गुमाएका राज्य प्रकोप व्यवस्थापन आयुक्तको कार्यालयले जनाएको छ। 

गत वैशाखमा नयाँगढ जिल्लाको सरानाकुला क्षेत्रमा चट्याङ लागेर एक महिलासहित तीन जनाको मृत्युभएको थियो। (रासस/एएनआइ)

प्रतिक्रिया