जोहानेसवर्ग। दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा २० जनाको मृत्यु भएको छभने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन्।
दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका एक अधिकारीका अनुसार हालसम्म २० जनाको शव फेला परेको तथा ४३ जना घाइते भएका छन्। पाँचतले आवासीय भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन्। घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ। (रासस/ एएफपी)
प्रतिक्रिया