काठमाडौं। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई सीआईबीले नियन्त्रणमा लिएको छ।
इलेक्ट्रिक चुरोट भेपमा सुन तस्करी प्रकरणमा मुछिएका महरालाई सीआईबीले नियन्त्रणमा लिएको हो।
केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने, “उहाँ हाम्रो नियन्त्रणमा हुनुहुन्छ।” कहाँबाट नियन्त्रणमा लिइएको ? भन्ने प्रश्नमा उनले भने, “उहाँ हाम्रो नियन्त्रणमा हुनु उनले अनुसन्धान भइरहेको छ।” (नेपाल न्यूज बैंक)
प्रतिक्रिया