व्याटलको सुरुवात गरेको छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र पार्टीमा विशेष रुपान्तरणको कार्यक्रम सुरु गरेको बताएका छन् । 

पार्टीको उपत्यका प्रदेश विशेष समितिले मंगलबार बिहान आयोजना गरेको कार्यक्रममा बोलदै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले पार्टी संगठन सुधार गर्ने र मुलुकमा सुशासन कायम गर्ने मुख्य दायित्व रहेको बताएका हुन् । 

‘हिजो त्यो क्रान्ती विचार राजनीतिका दृष्टिकोणले एउटा स्पष्टतासहित तल सानो गाउँ र थारैबाट सुरु गरिएको थियो । सरकार र पार्टीे नेतृत्वको हैसियतले यो व्याटलको सूरुवात माथिबाट गरेन भने हामी समावाजवादको अधार तयार गर्न सकिंदैन,’ प्रधानमन्त्री दाहालले भने,‘सरकार र पार्टीको नेतृत्व कर्ताको हिसावले म आफैले व्याटलको सूरुवात गरेको छु ।’ 

अहिलेको व्याटलमा सबैको साथ र सहयोग आवश्यक पर्ने जनाउँदै प्रधानमन्त्री दाहालले भने,‘अब समाजवादको नयाँ यात्रा जानुपर्छ ।’उनले हिजो जनयुद्ध सूरु गर्दा जुन विचारभावमा पहल गरेको र चौथो केन्द्रीय समितीको बैठकबाट समाजवादी क्रान्तिको सुरुवात भएको बताए । 
 

प्रतिक्रिया