रहेनन् वरिष्ठ पत्रकार राजेश्वर नेपाली

काठमाडौं। वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ। 

नेपालीको सोमबार  बेलुका ८ः१० बजे जनकपुरधामस्थित म्याक्स अस्पतालमा निधन भएको छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिएका हुन्। लामो समयदेखि बाबासिर र प्रोस्टेट क्यान्सरबाट पीडित उनी गत असोज १२ गतेदेखि ओछ्यान परेका थिए। 

नेपालीलाई केही समय अघि नयाँ दिल्लीका विभिन्न अस्पतालमा उपचारका लागि राखिएको थियो। २००२ भदौ १९ गते जनकपुरधाम उपमहानगरपालिका–२३ को मध्यमवर्गीय परिवारमा जन्मिएका नेपालीले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन्। त्यसपछि मिसन पत्रकारिताबाट आफ्नो पत्रकारिता जीवन सुरुआत गरेका उनले विसं २०१५ मा जानकी नौमीमा कवितामार्फत साहित्ययात्रा सुरु गरेका थिए। उनले २०१८ साल मंसिर देखि पत्रकारिता सुरु गरेका थिए। 

वरिष्ठ पत्रकार नेपालीको निधनमा नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिका साथै पत्रकारसँग आवद्ध विभिन्न संघ संगठनले शोक विज्ञप्ति जारी गरेका छन्। नेपालीले नेपालको पत्रकारितामा पु¥याएको योगदानको चर्चा गरेका छन्। उनी लोकतान्त्रिक आन्दोलन र प्रेस स्वतन्त्रताको रक्षार्थ भएका संघर्षहरुमा सक्रिय सहभागी थिए, उनलाई पत्रकार महासंघले प्रेस स्वतन्त्रता सेनानी भनेर सम्मान गरेको थियो।

प्रतिक्रिया