नम्रताको चेतावनी

'मेरो मौनतालाई कमजोरी नठान्नुहोला'

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले शारुक ताम्राकारको आत्महत्या प्रकरणलाई लिएर सार्वजनिक प्रष्टीकरण दिएकी छन् । 

आईतबार सामाजिक सञ्जाल मार्फत उनले आफूविरुद्ध एकतर्फीरुपमा प्रहार गरिएको गुनासो पनि गरेकी छन्  ।

उनले लेखेकी छिन् ‘एक जना महिला भएकै कारण यति धेरै सामाजिक  आक्रमण भएको होला शायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ मेरो मौनतालाई कमजोरी नठान्न अपिल गर्दछु । 

यहाँ एकतर्फी रुपमा केही मुठ्ठीभर मान्छेहरू हात धोएरै लागे त्यो कुरा मिडियामा सबैले पढ्नु भएकै छ, सुसाईड जस्तो संंवेदनशील बिषयलाई ग्लोरी गर्नु उचित हुदैन ।  पत्रकार देशको चौथो अङ्ग हो म उहाँहरूलाई सधै सम्मान गर्छु, स्वच्छ पत्रकारिता पत्रकार को धर्म हो.. तर केही पित पत्रकारिता गर्ने अनलाइन मिडियाहरूबाट यो घटना पछि भिउजका लागि जुन कपोकल्पित समाचारहरु  एकतर्फी रूपमा प्रसारण गरियो यस्ता तथ्यहीन  समाचार प्रति म घोर भत्र्सना  गर्दछु। यो किसिमका तथ्यहीन समाचार प्रति देश विदेशमा रहनु भएका मेरा सम्पूर्ण आफन्तजन ,प्यारा दर्शक र शुभचिन्तकहरू सचेत रहन हुन हार्दिक अनुरोध गर्दछु । ’ 

शारुकको आत्महत्याअघि नम्रतासँग झगडा भएको समाचारहरू बाहिर आएका थिए । केहीले नम्रतालाई नै आत्महत्याको प्रमुख कारकतत्वका रूपमा औल्याउन समेत खोजेका थिए ।
 

प्रतिक्रिया